आइसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत कुवेतविरुद्धको खेलमा नेपालले सुरुवाती झट्का व्यहोरेको छ। नेपालका ओपनर ब्याटर आसिफ शेख मात्र २ रन बनाएर पेभिलियन फर्किएका छन्।
टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले खेलको २.३ ओभरमा पहिलो विकेट गुमाएको हो। ७ बलको सामना गरेका आसिफ २ रनमा आउट भए। उनको विकेटसँगै नेपालले ५ रनको स्थितिमा पहिलो विकेट गुमाएको हो।
आसिफ आउट भएपछि कप्तान रोहितकुमार पौडेल क्रिजमा आएका छन्। उनले अर्का ओपनर कुशल भुर्तेलसँग मिलेर इनिङ्स सम्हाल्ने प्रयास गर्नेछन्।
प्रकाशित: २२ आश्विन २०८२ २०:५७ बुधबार





