आइटिएफ डेभ्लोप्मेन्ट च्याम्पियनसिप (फाइनल) मा सहभागी हुन नेपाली टेनिस टोली बिहीबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ।
मार्च २९ देखि अप्रिल १० तारिखसम्म हुने प्रतियोगितामा सर्किट १ र २ गरी छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ। दुवैमा नेपालको सहभागिता रहनेछ। ब्वाइजमा विश्वविशेष डल्लाकोटी र अर्याशराज पौडेल तथा महिलामा सारा पन्त र एरा खत्रीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। प्रशिक्षकमा सन्तोष खत्री छन्। सन्तोष श्रीलंकामै छन्। प्रतियोगितामा एसियाका १५ राष्ट्रको सहभागिता रहने नेपाल टेनिस संघले जनाएको छ। टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरेका थिए।
प्रकाशित: १३ चैत्र २०८२ ०८:१४ शुक्रबार





