१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

घाँटीमा मासु अड्किँदा एक जनाको मृत्यु

खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको आदर्श गाउँपालिका-७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मासु खाने क्रममा घाँटीमा चोक्टा अड्किँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गेलका अनुसार बिहीबार राति आफ्नै घरमा खाना खाने क्रममा नेपालीको घाँटीमा मासुको चोक्टा अड्किँदा उनी बेहोस भएका थिए।

घटनापछि आफन्तले उनलाई तत्काल उपचारका लागि राजपुरस्थित सुजङ अस्पताल पुर्‍याए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। रासस

प्रकाशित: १३ चैत्र २०८२ ०८:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App