नेपालका ओपनर तथा विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले आइसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत युएईविरुद्धको सुपर-६ खेलमा सानदार अर्धशतक पूरा गरेका छन्।
उनले ४५ बलमा ४ चौका र १ छक्काको मद्दतमा आफ्नो महत्त्वपूर्ण अर्धशतक पूरा गरेका हुन्।
खेलको सुरुवातदेखि नै क्रिजमा जमेका आसिफले एकातर्फबाट नेपाली इनिङ्सलाई सम्हाल्दै महत्त्वपूर्ण योगदान दिएका छन्।
आसिफले अर्धशतक पूरा गर्दा नेपालले १५.३ ओभरमा २ विकेटको क्षतिमा १०१ रन बनाएको छ। यसअघि नेपालले कुशल भुर्तेल (२८) र कप्तान रोहित पौडेल (२०) को विकेट गुमाएको थियो।
अहिले उनलाई क्रिजमा कुशल मल्लले साथ दिइरहेका छन्।
प्रकाशित: २६ आश्विन २०८२ १७:३० आइतबार





