एसियाली खेलकुद महिला क्रिकेट छनोटमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अहिले इन्डोनेसियाविरुद्ध बलिङ गरिरहेको छ।
मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा टस जितेर ब्याटिङ गरिरहेको इन्डोनेसियाले आफ्ना ओपनरलाई सस्तैमा गुमाएको छ। ओपनर रहमावती पान्गेस्तुती मनिषा उपाध्यायको बलमा बोल्ड हुँदा काडेक विन्डा प्रस्तिनी एक बलपनि नखेली रनआउट भइन्। इन्डोनेसियाले दुवै विकेट पहिलो ओभरमा गुमाएको हो।
यो समाचार लेख्दासम्म इन्डोनेसियाले ८ ओभ।रमा २ विकेट गुमाएर ३० रन बनाएको छ।
समूह बीमा रहेको नेपाल २ अंकमा शीर्ष स्थानमा छ। इन्डोनेसियाको शुन्य अंक छ। जारी खेलमा जित निकाल्न सके नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ। नेपालको जितले समूह बीमा रहेको चीन उपविजेता बन्नेछ। इन्डोनेसिया विजयी भए समान २ अंक हुने र रनरेटका आधारमा सेमिफाइनल पुग्ने दुवै टोलीको टुंगो लाग्नेछ।
प्रकाशित: १४ जेष्ठ २०८३ १२:१८ बिहीबार





