२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

मोटरसाइकलसहित बगेका चालकको सकुशल उद्धार

कैलालीको मोहन्याल गाउँपालिका ७ स्थित पितमारी खोलामा आएको बाढीले मोटरसाइकलसहित बगाएका एक जना चालकको प्रहरीले सकुशल उद्धार गरेको छ। 

अविरल वर्षापछि खोलामा आएको बाढीले सुर्खेतबाट कैलालीतर्फ आउँदै गरेका कैलालीको बर्दगोरिया गाउँपालिका–२ निवासी ३९ वर्षीय लौटन थारुले चलाएको से ४ प ८६७९ नम्बरको मोटरसाइकल बगाएको थियो। 

बिहीबार राति करिब ८ः३० बजे इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षक मीरा खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थलबाट करिब १५० मिटर तल खोलाको भिरालो भागमा बगिरहेको अवस्थामा थारुलाई तत्काल उद्धार गरेको हो।  

उद्धारका क्रममा थारुको ढाड र दाहिने कुहिनामा सामान्य चोट लागेपनि स्वास्थ्य उपचारपछि उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २२ श्रावण २०८३ १०:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App