एसिया कप क्रिकेट पुरुष छनोटअन्तर्गत मलेसियाविरुद्ध नेपालका कुशल भुर्तेलले शतक प्रहार गरेका छन्। यो शतकसँगै भुर्तेल टी-२० आईमा सर्वाधिक रन बनाउने नेपाली ब्याटर बनेका छन्। उनले दीपेन्द्र सिंह ऐरीको २२११ रनको कीर्तिमान तोडेका हुन्। शतकसँगै भुर्तेलले २२१६ रन (यसमा शतकमाथिको रन जोड्न बाँकी छ) बनाएका छन्।
जारी खेलमा ४४ बलमा उनले आफ्नो शतक बनाएका हुन्। पहिलो विकेटका लागि आसिफ शेखसँग मात्र ५२ बलमा १३४ रनको साझेदारी गरेका उनले ७ छक्का र १० चौका प्रहार गरे। भुर्तेलसँगै क्रिजमा कप्तान दीपेन्द्र सिंह ऐरी छन्।
ओपनर आसिफ शेख ६८ रनमा भिरन्दीप सिंहको बलमा क्याच आउट भए। मात्र २४ बल खेलेका उनले ७ छक्का र ५ चौका प्रहार गरे। सन्दीप जोरा १५ रनमा आउट भए।
प्रकाशित: २१ जेष्ठ २०८३ १३:२६ बिहीबार





