१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

एसिया कप : बंगलादेशले अफगानिस्तानलाई हरायो

एसिसी एसिया कपमा बंगलादेशसँग अफगानिस्तान पराजित भएको छ।

मंगलबार युएईस्थित जायद क्रिकेट रगंशालामा भएको खेलमा अफगानिस्तानलाई ८ रनले पराजित गर्दै बंगलादेशलले लगातार दोस्रो जित हात पार्‍यो। बंगलादेशले दिएको १५५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा १४६ रन बनाउँदै अलआउट भयो।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाउँदै १५४ रन बनाएको थियो। दोस्रो खेल जितेको बंगलादेश समूह 'बि' को दोस्रो स्थानमा छ। 

हालसम्म एसिया कपको सुपर फोरमा प्रवेश गर्ने दुवै टोलीको सम्भावना कायमै छ।

प्रकाशित: १ आश्विन २०८२ ११:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App