जारी प्रधानमन्त्री कपमा कप्तान विनोद भण्डारीको शानदार ब्याटिङमा आर्मीले बनाएको ३६२ रन बनाएको छ।
जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय स्टेडियममा कोशी प्रदेशसँग टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारीत ५० ओभरमा ८ विकेटको क्षतिमा ३६२ रन बनाएको हो।
उसका लागि कप्तान भण्डारीले १५० बलमा २१ चौका र ५ छक्काको प्रहार गर्दै १८९ रन बनाए। जारी प्रतियोगीतामा उनको यो दोस्रो शतक हो।
आर्मीका लागि भीम सार्कीले पनि उत्कृष्ट ब्याटिङ गरे । उनले ६५ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ८० रन बनाए। यस्तै, तृतले राज दासले ३३ रन जोड्दा जितेन्द्र ठकुरीले ३१ रन थपे।
कोशीका लागि विपिन महतोले सर्वाधिक ३ विकेट लिए। दिपेश कंडेल, रोहन साह र आशिष मगरले १–१ विकेट हात पारे।
प्रकाशित: ३० चैत्र २०८२ १३:३७ सोमबार





-600x400-wm.jpg)