फिफा विश्वकप २०२६ अन्तर्गतको आइतबारको खेलमा स्विट्जरल्याण्डविरुद्ध अर्जेन्टिनाले फेरि अग्रता लिएको छ।
खेल अतिरिक्त समयमा धकेलिएपछि गोल फर्काउँदै स्विट्जरल्याण्डविरुद्ध अर्जेन्टिना २-१ गोलले अगाडि छ। खेलको ११२ औं मिनेटमा जुलियन अल्भारेज गोल गरेपछि स्विट्जरल्याण्डविरुद्ध अर्जेन्टिना २-१ गोलले अगाडि रहेको हो।
त्यसअघि, अर्जेन्टिनाविरुद्ध स्विट्जरल्याण्डले गोल फर्काएपछि खेल बराबरी गोलमा टुंगिएको थियो। त्यसपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो।
सुरुवाती अग्रता लिँदै खेलिरहेको अर्जेन्टिनाविरुद्ध स्विट्जरल्याण्डले गोल फर्काएर खेललाई बराबरीमा ल्याएको थियो। खेलको ६७औं मिनेटमा डान एनडोयेले स्विट्जरल्याण्डका लागि गोल फर्काएका थिए।
यसअघि, खेलको १० औं मसिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए।
यस्तै, खेलको ७२ औं मसिनेटमा ब्रेल एम्बोलोले रेड कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए।
प्रकाशित: २८ असार २०८३ ०९:२६ आइतबार




