अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बित भएका छन्।
एन्फाको शुक्रबार बसेको कार्यसमितिको आकस्मिक बैठकले उनलाई अर्को साधारण सभासम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो । संघको विधानको धारा ३८ को उपधारा १४ बमोजिम संस्थाको हितविपरित कामकारवाही गरेको निष्कर्षसहित उनलाई कारबाही गरिएको एन्फाले उल्लेख गरेको छ।
खड्काले आफू कार्यवाहक अध्यक्ष भएको समय विधान विपरित महासचिव किरण राईलाई बर्खास्त गरेका थिए । महासचिव राईले नै बोलाएको शुक्रबारको जुम मिटिङले खड्कालाई अर्को महाधिवेशनसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।
प्रकाशित: १४ कार्तिक २०८२ १६:०२ शुक्रबार





