अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार नेपाल फुटबल खेलाडी संघले गरेको तालाबन्दी र माग आफैँमा विरोधाभाषपूर्ण रहेको जनाएको छ।
सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै एन्फाले नेपाल फुटबल खेलाडी संघबाट कुनै पूर्व जानकारी र संवादविना अप्रत्याशित रुपमा गरिएको तालाबन्दी प्रति ध्यानाकर्षण भएको जनाएको छ।
खेलाडी संघले आइतबार दिउँसो तीन बुँदे मागसहित एन्फाको मुख्यालयमा तालाबन्दी गरेको थियो। सोही विषयमा ध्यानाकर्षण जनाउँदै एन्फाले प्रेस विज्ञप्ति जारी गरेको हो।
एन्फाले खेलाडी संघको तीनवटा मागहरुको विज्ञप्ति मार्फत जवाफ दिएको छ। एन्फाले शहीद स्मार ए डिभिजन लिग तोकिएकै समयमा हुने तालिका रहेको तर खेलाडी संघले तालाबन्दी गरेपश्चात सबै दैनिक प्रशासनिक गतिविधिहरु अवरुद्ध भएकोले समयै हुन असम्भव देखिएको जनाएको छ।
त्यस्तै, एन्फाले खेलाडीको पुरस्कार लगायत भताहरु भुक्तानी भइरहेको र भविष्यमा पनि नियमअनुसार हुने स्पष्ट पारेको छ।
खेलाडी संघले भने आफ्नो माग पटक–पटक अस्वीकार भएपछि एन्फाको मुख्यालयमा तालाबन्दी गरेको जनाएको छ।
यस्तो छ प्रेस विज्ञप्ति:

प्रकाशित: २५ फाल्गुन २०८२ १६:४६ सोमबार




-600x400.jpg)
