वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो सिजनका लागि पोखरा निन्जाजले अमेरिकी अडेओला ओवोकोनिरानलाई अनुबन्ध गरेको छ।
उनी इडब्लुभिएल खेल्न मंगलबार नेपाल आइपुगेकी छन्। अपोजिट हिटर उनी पोखराको लागि दोस्रो विदेशी खेलाडीको रूपमा भित्रिएकी छन्।
पोखराको मार्की खेलाडीको रूपमा प्रगति नाथ छिन्। इडब्लुभिएल आगामी भदौ २० देखि २८ गतेसम्म पोखरामा आयोजना हुँदैछ।
प्रकाशित: ११ भाद्र २०८२ ०९:१७ बुधबार





