२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

युएस ओपनको उपाधि अल्कारेजलाई

स्पेनका कार्लोस अल्कारेजले युएस ओपनमा पुरूष एकलतर्फको उपाधि जितेका छन् ।

सोमबार बिहान भएको खेलमा शीर्ष वरीयाताका जानिक सिनरलाई ३-१ को सेटमा पराजित गर्दै दोस्रो वरीयाताका अल्कारेजले उपाधि जितेका हुन् ।

पहिलो सेट ६-२ ले आफ्नो पक्षमा पारेका उनले दोस्रो सेट भने ३-६ ले सिनरलाई सुम्पिएका थिए । तर सो पछिका दुई सेट ६-१ र ६-४ ले जित्दै युएस ओपनको उपाधिमा आफ्नो नाम लेखाए ।

२२ वर्षे अल्कारेजको यो दोस्रो युएस उपाधि हो भने छैठौं ग्राण्डस्लाम उपाधि हो । 

महिलातर्फको उपाधि भने बेलारूसकी एरिना सबलेन्काले जितेकी थिइन् ।

प्रकाशित: २३ भाद्र २०८२ ०७:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App