५ भाद्र २०८३ शुक्रबार
image/svg+xml
खेल

ला लिगामा अलाभेस र भाल्लेकानोले खेले बराबरी, आज पनि एक खेल हुँदै

स्पेनिस ला लिगाको दोस्रो चरणअन्तर्गत रायो भाल्लेकानो र अलाभेसले १–१ गोलको बराबरी खेलेका छन्। गएराति भएको खेलमा रायोले अग्रता लिए पनि अन्तिम समयमा गोल खाएपछि तीन अंक जोड्ने अवसर गुमायो।

पहिलो हाफमा रायोले आक्रमणमा राम्रो दबाब बनाए पनि गोल गर्न सकेन।  

दोस्रो हाफ सुरु भएको केही मिनेटमै रायोले अग्रता बनायो। ४८औँ मिनेटमा सर्जियो कामेलोले गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। अग्रता लिएपछि रायोले खेल नियन्त्रणमा राख्दै जिततर्फ अघि बढ्ने प्रयास गरेको थियो।

तर अलाभेसले अन्तिमसम्म हार मानेन्। ८४औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मारियानो डियाजले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याए।

बराबरीपछि अलाभेसले दुई खेलबाट चार अंक जोडेको छ भने रायो भाल्लेकानोको खातामा एक अंक पुगेको छ। रायोका लागि घरेलु मैदानबाहिर खेल्नुपरेको अवस्थासमेत चुनौतीपूर्ण बनेको थियो।

आज राति हुने एक मात्र खेलमा रियल बेटिस र रियल सोसिडाडबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार १२ः४५ मा हुनेछ।

प्रकाशित: ५ भाद्र २०८३ ०६:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App