ताजिकिस्तानमा आयोजना हुन लागेको एएफसी यू-२३ एसियन कप छनोटको खेल तालिका सार्वजनिक भएको छ। नेपालले पहिलो खेल ताजिकिस्तानसँग खेल्नेछ। नेपालले भदौ १८ गते ताजिकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
सो खेल नेपाली समय अनुसार राति ८:१५ मा हुनेछ। त्यस्तै, भदौ २१ गते नेपाल र सिरिया आमनेसामने हुनेछन्।
नेपाल र सिरियाबिचको खेल नेपाली समय अनुसार बेलुका ५:१५ मा हुनेछ। नेपाल र फिलिपिन्सबिचको खेल भदौ २४ गते हुनेछ। सो खेल पनि बेलुका ५:१५ मा हुनेछ।
छनोटको सबै खेल पामिर रंगशालामा हुनेछन्।
प्रकाशित: १३ भाद्र २०८२ १७:४८ शुक्रबार





