२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

एसिसी यू-१९ प्रिमियर कप : उपाधिका लागि नेपाल र युएईबिच निर्णायक भिडन्त

संयुक्त अरब इमिरेट्समा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ।  

उपाधि भिडन्त आज बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ। नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो। यूएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।  

नेपाल र यूएई दुवै टोली एसिया कप खेल्नका लागि छनोट भइसकेका छन्। प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधैँ एसिया कपमा छनोट हुने प्रावधान छ।  

सेमिफाइनलमा पराजित हुने टोलीबिच तेस्रो स्थानका लागि खेल हुन्छ र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ।  

तेस्रो स्थानका लागि आज नै मलेसिया र ओमानबिच खेल हुनेछ। प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो। यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुनेछ।

प्रकाशित: १५ मंसिर २०८२ ०६:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App