तेस्रो संस्करणको एसिसी प्रिमियर कप प्रतियोगिताको फाइनलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा ३१३ रन जोडेको हो। नेपालका लागि ओपनर आसिफ शेखले शतक प्रहार गरेका थिए । उनले १०६ बल खेल्ने क्रममा ८ चौका र ४ छक्काको मद्दतमा १०२ रन जोडे। यस्तै, गुल्सन झाले ३८ बलमा ३ चौका र ४ छक्का हान्दै ५२ रन जोडेका थिए।
त्यसैगरि, पूर्वकप्तान रोहित कुमार पौडेलले ४४ बलमा २ चौकाको मद्दतमा ४० रन जोड्दा अर्का ओपनर अर्जुन कुमालले पनि ६३ बलमा ४३ रनको योगदान दिएका थिए। उनले ६ चौका प्रहार गरे। यसैगरि, दिपेन्द्र सिंह ऐरीले १८ तथा इशान पाण्डेले १३ रनको योगदान गरेका थिए।
युएईका लागि इबरार अहमदले ४ विकेट हात पारे। यस्तै, खुजैमा बिन तनवीरले पनि २ विकेट लिए। अबको केही बेरमा युएई जबाफी ब्याटिङका लागि मैदानमा उत्रिनेछ। प्रतियोगिताको विजेता टोलीले एसिया कपमा सहभागिता जनाउने मौका पाउनेछ।
प्रकाशित: २७ भाद्र २०८३ ११:१० शनिबार





