२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

बेलबारी गोल्डकप: आयोजकलाई स्तब्ध पार्दै फाइनलमा एपिएफ

डेफिन्डिङ च्याम्पियन विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ पाँचौं बुद्ध एयर बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आयोजक डाँगिहाट युथ क्बललाई स्तब्ध पार्दै एपिएफले फाइनल यात्रा पक्का गरेको हो।  

सोमबार बेलाबारी–११ स्थित लक्ष्मी मार्गको खेल मैदानमा भएको खेलमा विभागीय टोली एपिएफसँग आयोजक २–१ को गोल अन्तरमा पराजित भएको हो। मध्यान्तरअघि दुवै टोली गोलरहित बराबरीमा खेलेको थियो। मध्यान्तरपछि खेललाई सुधार गरेको एपिएफका लागि टोप विष्ट र नवीन लामाले गोल गर्दै फाइनल यात्रा तय गरेका हुन्। आयोजकका लागि एक मात्र गोल आशिम राईले गरे।  

एपिएफका लागि ४९ औं मिनेटमा टोप विष्टले खाता खोल्दै टोलीलाई अग्रता दिलाए। पोलमा ठोक्किएर रिबाउण्ड भएको बललाई सदुपयोग गर्दै गोल गरे। ६५ औं मिनेटमा नवीन लामाले गोल गर्दै टोलीको गोल संख्या दोब्बर पारे। सेन्टरबाट विपक्षी खेलाडीलाई ट्याकल गर्दै लगेको बललाई पोस्टको दिशा दिएका थिए।  

आयोजकका काशिम राईले ७२ औं मिनेटमा गोल गरे। करिब ३५ यार्ड टाढाबाट गरेको प्रहारले सिधै गोलमा परिणत भएको थियो। एपिएफका गोलरक्षक राजु नगरकोटीले बल रोक्ने कुनै मौका पाएनन्। ४२ औं मिनेटमा अग्रता लिन चुक्नु आयोजकको हारको मुख्य कारण बन्यो। मौसम लिम्बूले गरेको प्रहारलाई उत्कृष्ट ढंगले बचाउ गर्दै एपिएफका गोलरक्षक संकट टारे।  

खेलको म्यान अफ द म्याच एपिएफका कप्तान टोप विष्टले ५ हजार रूपैयाँ प्राप्त गरे। मंगलबारको खेल धनकुटाको राजारानी फुटबल क्लब र सिरहाको सहलेस युथ क्लबबीच हुनेछ।

प्रकाशित: २१ कार्तिक २०७९ १३:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App