७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

सलाहको कीर्तिमानी ह्याट्रिक गोलमा लिभरपुलको फराकिलो जित

युईएफए च्याम्पियन्स लिग फूटबलमा इंग्लिस क्लब लिभरपुलले फराकिलो जित निकालेको छ।

समूह चरण अन्तर्गत गए राति सम्पन्न खेलमा लिभरपुलले रेन्जर्सलाई ७-१ गोल अन्तरले हराएको हो।

मोहमद सलाहले कीर्तिमानी ह्याट्रिक गोल पूरा गरेपछि लिभरपुलले फराकिलो जित निकालेको हो। खेलको १७ औं मिनेटमा स्कट एरिफिल्डले गोल गर्दै रेन्जर्सलाई सुरुवाती अग्रता दिलाए पनि लिभरपूलले पुनरागमन जित निकालेको हो।

२४ औं मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए। ५५ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए। ६६ औं मिनेटमा डार्विन नुनेजले गोल गर्दा लिभरपुल ३-१ ले अघि रह्यो।

खेलको ७६,८० र ८१ औं मिनेटमा गोल गर्दै सलाहले ह्याट्रिक पूरा गरे। सलाहको ह्याट्रिकसँगै लिभरपुल ६-१ ले अघि रह्यो।

त्यसपछि खेलको ८७ औं मिनेटमा हार्भे इलिओटले गोल गर्दै लिभरपुललाई ७-१ को जित दिलाए।

जितसँगै लिभरपुलले ४ खेलमा ९ अंक जोडेको छ। समूह ए को लिभरपुल दोस्रो स्थानमा रहेको छ। रेन्जर्स अंक विहीन रहदै पुछारमा रहेको छ।

प्रकाशित: २७ आश्विन २०७९ ०७:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App