२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

नेपाल खेलकुद पत्रकार मञ्चले बुझायाे कार्यवाहक मुख्य प्रशिक्षक हुमागाईविरूद्ध ध्यानाकर्षण पत्र

नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईलाई कारबाहीको माग गर्दै नेपाल खेलकुद पत्रकार मञ्चले ध्यानाकर्षण पत्र बुझाएको छ।

बुधबार त्रिपुरेश्वरमा जारी  विशेष साधारणसभामा मञ्चका सचिव अन्जन खड्काले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङलाई कार्यवाहक मुख्य प्रशिक्षकको कारबाही माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन्।

‘नेपाल र बंगलादेशबीच २०७९ असोज ११ गते दशरथ रंगशालामा भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलपछि आयोजित ‘पोस्ट म्याच कन्फ्रेन्स’ मा भएको घटनाप्रति नेपाल खेलकुद पत्रकार मञ्चको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त पोस्ट म्याचमा नेपाली राष्ट्रिय टिमका कार्यबाहक प्रशिक्षक प्रदीप हुमागाईंको प्रस्तुति अत्यन्तै गैरव्यावसायिक, गैरजिम्मेवार र नितान्त निम्न सोचको रहेको छ। त्यस क्रममा प्रशिक्षक हुमागाईं नेपाली खेलकुद पत्रकारप्रति आपत्तिजनक रूपमा प्रस्तुत हुनु पदीय मर्यादाविपरीत रहेको मञ्चको ठम्याइ छ। मञ्च परिवार प्रशिक्षक हुमागाईंको उक्त व्यवहारप्रति घोर भर्त्सना गर्दछ, ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ, ‘प्रशिक्षक हुमागाईंले मञ्चलाई आर्थिक सहयोग प्रदान गरेको दाबी गरेका छन्। तर मञ्च हुमागाईंबाट त्यस्ता कुनै पनि सहयोग नलिएको प्रस्ट पार्न चाहन्छ। हुमागाईंले मञ्चलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने बताएका थिए। मञ्चले यस प्रकारको व्यक्तिगत सहयोग यसअघि कहिले पनि स्वीकार गरेको छैन र भविष्यमा पनि गर्ने छैन।’ ध्यानाकर्षण पत्रमा भनिएको छ।  

यस्ताे छ ध्यानाकर्षण पत्रः

प्रकाशित: १२ आश्विन २०७९ १२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App