coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पाहुना टोलीलाई पन्छाउँदै आयोजक र धरान सेमिफाइनलमा

‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा सुनसरी धरानको धरान भेट्रान क्बल र आयोजक क्लब विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्।

आयोजकले पाहुना टोली इटहरीको जनता भेट्रान क्लबलाई पन्छाउँदै सेमिफाइनलमा पुगेको छ। अर्को खेलमा धरानको हाम्रो भेट्रान क्बलले सिरहाको लहान भेट्रानलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो। प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेलमा धरानले लहानलाई टाइब्रेकरमा ५–३ गोलमा पराजित गर्दै सेमिफाइनलमा पुगेको छ।

दुवै टोलीबाट १–१ गोलको बराबरीमा भएपछि खेल टाइब्रेकरमा गएको हो। धरानका सुजितकुमार राई, सतिश केसी, सन्तोष लिम्बू, विवश राना मगर र राजकुमार राईले गोल गर्दै टोलीलाई विजयी बनाए। त्यस्तै लहानका सजकुमार आले, श्यामसुन्दर सिंह र सन्तोषकुमार चौधरीले गोल गरे भने मुरलीकान्त चौधरी गोल गर्न चुके।

९औं मिनेटमा धरानका सुजितकुमार राईले गोल गर्दै टोलीलाई अग्रता दिलाए। लहानका लागि ३१ औं मिनेटमा सुरेशकुमार चौधरीले गोल गर्दै खेल बराबरीमा ल्याए। म्यान अफ द म्याच धरानका सुजितकुमार राई भए। त्यसैगरी, दोस्रो खेलमा आयोजकले इटहरीलाई १–० गोल अन्तरमा हराउँदै सेमिफाइनलमा पुगेको हो।

खेलको एक मात्र निर्णायक गोल ४२औं मिनेटमा डेनिम राईले गरे। उनी खेलको म्यान अफ द म्याच भए। सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध र पेमा युवा क्बलले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबारको खेल झापा दमकको दमक–लखनपुर भेट्रान क्बल र विराटनगर हाटखोलाको मर्निङ भेट्रान क्बलबीच हुनेछ।

प्रकाशित: ११ आश्विन २०७९ १३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App