coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

सुदूरपश्चिम राजधानी कपको ट्रफी र खेल तालिका सार्वजनिक

धनगढीमा हुने चौंथो संस्करणको सुदूरपश्चिम राजधानी कप २०७९ को ट्रफी र खेल तालिका सार्वजनिक भएको छ। असोज ८ गतेदेखि १५ गतेसम्म धनगढीमा हुने फुटबल प्रतियोगिताको ट्रफी र खेल तालिका सार्वजनिक गरिएको हो।  

प्रतियोगिता हुने स्थान धनगढी रंगशालामा एक कार्यक्रमबीच ट्रफी र खेल तालिका सार्वजनिक गरिएको छ। पिएफए स्पोर्टस क्लबको आयोजनामा हुने प्रतियोगितामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने ७ प्रदेश र एक घरेलु टोली गरी ८ टिमको सहभागी हुने प्रतियोगिता संयोजक दिनेश श्रेष्ठले जानकारी दिए।

प्रतियोगिताको उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेश रातो र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्नेछन्। सार्वजनिक भएको खेल तालिका अनुसार असोज ८ गते हुने उद्घाटन खेलमा दुबै प्रदेश खेल्ने भएका हुन्।

सुदुरपश्चिम प्रदेश रातो, कर्णाली प्रदेश, बागमति प्रदेश र प्रदेश नम्बर १ समुह 'ए' मा रहेका छन्। समूह 'बी' मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम निलो रहेका छन्।  

प्रतियोगिताको विजेताले नगद ५ लाख उपविजेताले नगद ३ लाख प्राप्त गर्नेछन्। विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ।

प्रतियोगिताको मुख्य प्रवर्धकमा सुदूरपश्चिम खेलकुद परिषद् रहेको छ। यस्तै, सहप्रायोजकमा नेपाल टेलिकम र राष्ट्रिय खेलकुद परिषद् नेपाल रहको छ। हाम्रो गौरव सुदूरपश्चिम राजधानी कप मुख्य नारा लिएर प्रतियोगिताको सुरुवात गरेको आयोजकले जनाएको छ। यो प्रतियोगिताको चौथो संस्करण हो।

प्रकाशित: ५ आश्विन २०७९ १३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App