३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगु

 स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगु संक्रमण भएकाे छ। 

साफ महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपाली टिमकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी नखेल्ने भएकी छन्।

‘हिजो पजिटिभ देखियो। अहिले अवस्था सामान्य छ। होटेलमै विश्राम गरिरहेको छु,’ सावत्रिाले भनिन्। चार दिनदेखि ज्वरोको कारण उनी टिमको प्रशिक्षण सामेल भएकी थिइनन्। 

पहिलो खेलमा भुटानलाई हराएको नेपालले समुह ‘बी’ को अन्तिम खेलमा श्रीलंकासँग आज खेल्दै छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुकी ५ः३० बजे हुन यो खेल ३ गोलभन्दा कमको अन्तरले हारे पनि नेपाल सेमिफाइनलमा पुग्ने छ।समूह 'ए' बाट भारत र बंगलादेश यसअघि नै सेमिफाइनलमा पुगेका छन्।

प्रकाशित: २७ भाद्र २०७९ १०:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App