५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

राजनीतिक हस्तक्षेप भएपछि फिफाले लगायो भारतमाथि प्रतिबन्ध

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि प्रतिबन्ध लगाएको छ। फिफाले प्रतिबन्ध लगाएसँगै छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता भारत नहुने भएको हो।

अल इन्डिया फुटबल फेडेरेसनमा राजनीतिक हस्तक्षेप भएपछि फिफाले प्रतिबन्ध लगाएको हो।  

महिला साफ भदौ २९ देखि असोज ३ सम्म काठमाडौंमा हुँदै छ। फिफाले दुई महिनाअघि पाकिस्तानमाथिको प्रतिबन्ध फुकुवा गरेसँगै लामो समयपछि साफका सातै टिमको सहभागितामा प्रतियोगिता हुन लागेको थियो।

२०७५ चैतमा विराटनगरमा साफ महिला च्याम्पियनसिपको पाँचौ संस्करण फाइनलमा भारतले नेपाललाई ३-१ गोलले हराउँदै उपाधि जितेको थियो। 

प्रकाशित: ३१ श्रावण २०७९ ०३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App