७ वैशाख २०८१ शुक्रबार
खेल

नेपालको केन्या भ्रमण: सन्दिपको कप्तानीमा भ्रमण टोली घोषणा

फाइल तस्बिर।

नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्याको भ्रमण गर्ने भएको छ। टी-ट्वान्टी र एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्न नेपालले केन्याको भ्रमण गर्न लागेको  हो। नेपालले अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्याको भ्रमण गर्ने तालिका रहेको छ।

मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले केन्या भ्रमणको तालिका सार्वजनिक गरेको हो। क्यानका अनुसार नेपालले केन्यासँग ५ खेलको टी-ट्वान्टी र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ। दुवै सिरिज केन्याको घरेलु मैदानमा हुनेछ।

सिरिजको लागि क्यानले सन्दिप लामिछानेको कप्तानीमा १६ सदस्यीय भ्रमण टोली पनि सार्वजनिक गरेको छ। टोलीमा उपकप्तान रोहित पौडेल,आशिफ शेख,आरिफ शेख,दीपेन्द्र सिंह ऐरी,देव खनाल,आदिल अन्सारी आलाम,करन केसी,ज्ञानेन्द्र मल्ल,सोम्पाल कामी,बसिर अहमेद,अर्जुन साउंद, पवन सराफ,शाहब आलम,किशोर महत्तो र बिबेक यादव छन्। रिजर्भ खेलाडीमा जितेन्द्र मुखिया, भिम सार्की,प्रतिस जिसी,हरी शंकर शाह रहेका छन्।

प्रकाशित: २४ श्रावण २०७९ १२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App