८ वैशाख २०८१ शनिबार
खेल

स्वाभाविक देखिएन जोकोभिचको खेल

नोभाक जोकोभिचको खेल स्वाभाविक लयअनुसारको थिएन। जोकोभिच स्वयम् विम्बल्डनको पहिलो चरणको खेल आफ्नो स्तरअनुसारको नभएको स्वीकार गर्छन्।

उनी पहिलो खेलमा ३–१ को जित निकाले । उनी लगाातर चौथो पटक विम्बल्डन जित्न चाहन्छन्। यसपटकको विम्बल्डन जितेमा घाँसे कोर्टमा उनको समग्रमा यो सातौं ग्रान्ड स्लाम हुनेछ। पहिलो सेट जितेका जोकोभिचले दोस्रो सेट गुमाए। त्यसपछिका दुई खेलमा भने उनले लगातार आफ्नो पक्षमा पारे। यद्यपि उनले आफ्ना विपक्षीले भन्दा धेरै गल्ती दोहोर्‍याइरहे।

सम्भवतः करिब एक महिनाको अन्तरालपछि कोर्ट फर्किएकाले पनि हुन सक्छ उनको प्रदर्शन अस्वाभाविक जस्तो देखिन्थ्यो। विश्व नम्बर एक जोकोभिचले अल इङ्ल्यान्ड क्लबमा आफ्नो जितयात्रा २२ खेलसम्म कायम राखेका छन्। विम्बल्डनमा समग्रमा भने उनको यो ८०औं जित थियो।

जोकोभिचले दक्षिण कोरियाका खुन सुन वोलाई ६–३, ३–६,६–३, ६–४ को सेटमा हराउँदै दोस्रो चरणमा स्थान पक्का गरे। सुनको समर्थनमा त्यहाँ उपस्थित दक्षिण कोरियाका समर्थकले एउटा ब्यानर देखाएका थिए, जसमा लेखिएको थियो, लडाइँ कायम राख र घाइते नहोऊ। सुन त्यसैले उत्साही पनि थिए।

कोभिड १९ संक्रमणको महामारीपछि सम्भवतः विम्बल्डन दुई वर्षपछि स्वाभाविक ढंगमा अघि बढेको छ। कम्तीमा पहिलो दिन कोर्टमा देखिएको दृश्यले त्यसलाई सहजै दर्साउँछ। कोर्ट दर्शकले भरिएको थियो र कसैले पनि मास्क लगाएका थिएनन्।

 कोर्टमा उनको हाउभाउ हेर्दा उनी निकै आत्मविश्वासी देखिएका थिए। ८१ औं वरीयताका सुनले नतिजा आफ्नो पक्षमा पार्न सकेनन् तर उनले जोकोभिचविरुद्ध गरेको अब्बल प्रदर्शनले भने उनको मनोबल बढाएको छ। उनलाई लाग्न थालेको छ की उनी पनि जोकोभिचलाई कठिन चुनौती दिन सक्षम छन्।

कोभिड १९ संक्रमणको महामारीपछि सम्भवतः विम्बल्डन दुई वर्षपछि स्वाभाविक ढंगमा अघि बढेको छ। कम्तीमा पहिलो दिन कोर्टमा देखिएको दृश्यले त्यसलाई सहजै दर्साउँछ। कोर्ट दर्शकले भरिएको थियो र कसैले पनि मास्क लगाएका थिएनन्।

जोकोभिच फ्रेन्च ओपनको क्वार्टर फाइनलमा राफाइल नाडालसँग पराजित भएपछि पहिलो पटक कोर्टमा फर्किएका हुन्। ‘मैले सुखद सुरुआत गर्न सकिनँ अथवा भनौं मैले स्वाभाविक लयअनुरूप खेल्नै सकिनँ,’ जोकोभिचले भने, ‘तर खेल अघि बढ्दै जाँदा म लयमा फर्कंदै गएँ।’

जोकोभिच र रोजर फेडेररको नाममा समान २० ग्रान्ड स्लाम छ। नाडालको नाममा कीर्तिमानी २२औं ग्रान्ड स्लामको उपाधि छ। सम्भवतः जोकोभिचका लागि यो वर्षका लागि विम्बल्डन नै अन्तिम ग्रान्ड स्लाम हुनेछ। उनी कम्तीमा अर्को संस्करणको फ्रेन्च ओपन २०२३ सम्म कोर्टबाहिर रहनेछन्।

कोभिड १९ विरुद्धको खोप नलगाएका कारण उनले अगस्टमा सुरु हुने युएस ओपनमा सहभागिता जनाउन पाउने छैनन्। त्यस्तै उनले कोभिड १९ विरुद्ध खोप नलाएकै कारण अस्ट्रेलियन ओपन पनि गुमाउनेछन् । गत वर्ष पनि उनले खोप नलगाएकै कारण अस्ट्रेलियन ओपनमा सहभागी हुने अवसर गुमाएका थिए।

‘मैले अहिले युएस ओपनका बारेमा केही सोचेको छैन,’ जोकोभिचले भने, ‘म कोभिड १९ विरुद्धको खोप लगाउँदिनँ। जसका कारण मैले प्रतियोगिता खेल्न नपाउन सक्छु। अमेरिकाले खोपको प्रावधान केही सहज गरिदिन्छ भन्नेमा आशावादी छु।’ त्यस्तै एन्डी मरेले पनि विजयी सुरुआत गरे। मरेले पहिलो चरणमा अस्ट्रेलियाका जेम्स डर्कवर्थमाथि ४–६,६–३, ६–२,६–४ को जित निकाले।

प्रकाशित: १५ असार २०७९ ०१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App