२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

भेट्रान फुटबलको तयारी पूरा

प्रथम वडाअध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजक चाबहिल स्पोर्ट्स क्लबले बुधबार जनाएको छ। प्रतियोगिता बिहीबारदेखि चाबहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा सुरु हुँदै छ।

काठमाडौं महानगरपालिका–७ को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा ४० वर्षमाथि उमेर समूहका १५ पुरुष टोलीको सहभागिता रहने प्रतियोगिताका संयोजक केशर गोर्खालीले जनाएका छन्। त्यसमा मोफसलका २ टिम पनि छन्। विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष अजब श्रेष्ठले जानकारी गराए।

उत्कृष्ट खेलाडी, डिफेन्डर र गोलरक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिनेछ। पहिलो दिन पाँच खेल खेलाइनेछ। सिक्स ‘ए’ साइड नकआउट प्रतियोगिताको फाइनल जेठ ३१ गते हुनेछ।

प्रकाशित: २६ जेष्ठ २०७९ ०४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App