८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

गभर्निङ काउन्सिलमा भारतीय क्रिकेटर

नेपाल क्रिकेट संघ (क्यान) ले कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको नेतृत्वमा नेपाल ट्वान्टी–२० लिगको गभर्निङ काउन्सिल घोषणा गरेको छ।

क्यानले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै इन्डियन क्रिकेटर्स एसोसिएसनका अध्यक्ष अशोक मलहोत्रालाई मानार्थ सदस्य बनाउँदै लिगको गभर्निङ काउन्सिल घोषणा गरेको हो। मलहोत्रा भारतीय क्रिकेट टिमका पूर्वप्रशिक्षक तथा छनोटकर्ता पनि हुन्।

क्यानले मलहोत्राको आगमनले प्रतियोगितालाई उत्कृष्ट स्तरमा चलाउन सकिने विश्वास जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। उनले इन्डियन प्रिमियर लिग (आइपिए) को गभर्निङ काउन्सिलको सदस्यका रूपमा पनि काम गरेका थिए।

क्यानले घोषणा गरेको काउन्सिलमा निर्देशकमा कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल छन्। कार्यकारी सदस्य दुर्गाराज पाठक, मिडिया कमिटी सदस्य भानुभक्त सिग्देल र प्रतियोगिताको व्यावसायिक तथा रणनीतिक साझेदार सेभेन थ्री स्पोर्ट्सका संस्थापक तथा प्रबन्ध निर्देशक जतिन अहलुवालिया छन्।

क्यानले नेपाल ट्वान्टी–२० का लागि यसअघि नै ६ फ्रेन्चाइज टोलीको नाम टुङ्गो लगाइसकेको छ। असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने प्रतियोगिताको लागि क्यानले टिमको नाम टुङ्गो लगाएको हो। प्रतियोगिताका लागि विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न छन्। 

प्रकाशित: २६ जेष्ठ २०७९ ०३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App