१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

महिनावारी दिवसमा साइकल यात्रा

अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा शनिबार पाँचौं जनचेतना मूलक साइकल यात्रा भएको छ। एक्पोज नेपालको आहयोजनामा भएको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महिलाको महिनावारी मातृत्व क्षमताको पहिचान भएको बताइन्।

उनले महिलालाई सम्मान गर्नुपर्ने भन्दै विगतमा जनचेतना नहुँदा महिलाले आफ्नै घरबाट विभेद भोग्नुपरेको उल्लेख गरिन्। मन्त्री भुसालले महिलाको स्वास्थ्यमा संघ, प्रदेश र स्थानीय सबै तहका सरकारले ध्यान दिनुपर्ने बताइन्।

उनले भनिन्, 'यो गर्वको कुरो हो तर महिला हुनु पाप र अपराध होइन, महिलाको मातृत्व क्षमताको पहिचान हो।' मन्त्री भुसालले महिनावारीका समयमा महिलालाई सफा र स्वच्छ राख्नुपर्ने भएकाले त्यसका लागि सफा, स्वच्छ, पुनः प्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्नुपर्नेमा जोड दिइन्।

आयोजक संस्थाका अध्यक्ष ज्ञान महर्जनले एक्सपोज नेपालले सन् २००७ देखि नेपालमा महिलामाथि हुने सबैखाले हिंसाविरुद्ध आवाज बुलन्द गर्दै आइरहेको र नेपाली महिलाहरू महिनावारीका समयमा विभेदको सिकार हुने भएकाले महिनावारी हुँदा गरिने विभेद हटाउन सके हिंसा न्यूनीकरण हुने भन्दै साइकल र्‍यालीको आयोजना गरिएको बताए।

बिहान साढे सात बजे वसन्तपुरबाट सुरु भएको साइकल र्‍याली जमल, दरबारमार्ग, पुतलीसडक, अनामनगर, बिजुलीबजार, माइतीघर मण्डला, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजारस्थित दरबार स्क्वाएर पुगेर समापन गरिएको थियो।

र्‍यालीमा ३५० भन्दाबढी व्यावसायिक साइकलयात्रीको सहभागिता रहेको थियो। पुनः प्रयोग गर्न मिल्ने प्याड र वातावरणमैत्री साइकलको सम्बन्ध मानव स्वास्थ्य र स्वच्छ वातावरणका हिसाबले महत्वपूर्ण रहेको सन्देश दिन उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रकाशित: १४ जेष्ठ २०७९ १०:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App