२ वैशाख २०८३ बुधबार
image/svg+xml
खेल

एसीसी एसियन कपमा ८ टोलीले प्रतिस्पर्धा गर्दै

१७औँ संस्करणको एसियन क्रिकेट काउन्सिल (एसीसी) एसियन कप आगामी सेप्टेम्बर ९ देखि २८ सम्म हुँदै छ।

संयुक्त अरब एमिरेटस (यूएई)मा हुने सो प्रतियोगितामा कुल ८ टोलीले प्रतिस्पर्धा गर्दै  छन्। प्रतियोगितामा साविक विजेता भारत, पाकिस्तान, बंगालदेश, अफगानिस्तान, श्रींलका, ओमान, हङकङ र युएइले सहभागिता जनाउने छन्।  

भारत, बंगालादेश, श्रींलका अफगास्तिान र पाकिस्तान बाहेक अन्य तीन टोली छनोट हुँदै एसिया कप खेल्न आएको हो। जसमा ओमान, यूइई र हङकङ एसिया क्षेत्र छनोटमा जित हासिल गर्दै एसिया कप खेल्न पुगेको हो।

प्रतियोगिताको समूह 'ए' मा भारत, पाकिस्तान, ओमान र यूएई छन् भने समूह 'बी' मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र हङकङ छन्।

साविक विजेता भारतले उपाधि कायम राख्ने लक्ष्य बोक्ने छ। प्रतियोगिता दुई समूह चरणमा खेलाइने छ त्यसपछि फाइनल खेल हुने छ। पहिलो समूह चरणपछि दुई समूहको शीर्ष दुई टोली सुपर फोरमा पुग्ने छन्।

सुपर फोरमा पुगेपछि सबै टोलीले एक आपसमा खेल्ने छन्, जहाँ ती मध्य शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन्।  

प्रतियोगिताको खेलहरू दुबई अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला र जायद क्रिकेट रगंशालमा आयोजा हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा अफगानिस्ता र हङकङ जायद रगंशला खेल्ने छन्।

त्यस्तै, भारत र पाकिस्तानले सेप्टेम्बर १४ मा एकआपसमा भिड्ने छन्। भारत र पाकिस्तानलाई क्रिकेटमा चिरप्रतिद्वन्द्वीको रूपमा हेरिन्छ।

प्रतियोगिताको फाइनल खेल भने सेप्टेम्बर २८ मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट रगंशालमा आयोजा हुनेछ।

प्रकाशित: १८ भाद्र २०८२ १३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App