१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

महानगर खेलकुद विकास समितिलाई पूर्णता

लामो समयपछि महानगर खेलकुद विकास समितिले पूर्णता पाएको छ। नवगठित महानगर समितिका सदस्यहरुलाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सपथ तथा गोपनियताको सपथ खुवाए। शनिबार महानगर सभाहलमै मेयर जिसीले सबै सदस्यहरुलाई सपथ खुवाएका हुन्।  

खेलकुद ऐन २०७७ अनुसार स्थानीय तहमा समेत खेलकुद विकास समिति गठन गर्न सकिने प्रावधान अनुसार पोखरा महानगरपालिकाले खेलकुद विकास समिति बनाई पूर्णता दिएको हो। मेयर जिसी विरामी परेपछि रोकिएको समितिको पूर्णता हुन सकेको थिएन। उपचारपछि स्वास्थ्य लाभ गरिरहेका मेयर जिसीकै उपस्थितिमा समितिलाई पूर्णता दिइएको हो।  

समितिले पूर्णता पाउनु अघि नै खेलकुद विकास समितिको अध्यक्ष दिपकबहादुर गोदार र सदस्य सचिवमा सुवास खड्कालाई नियुक्त गरिएको थियो। समिति अघि नै महानगर खेलकुद विकास समितिले केहीदिन अघि मात्रै वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, व्याडमिन्टन प्रतियोगिता तथा टेवल टेनिस प्रतियोगिता आयोजना गरिसकिएको छ।  

समितिमा राजेन्द्र जिसी (भलिबल, उपाध्यक्ष), जीवन बाटाजू(एथलेटिक्स), ऋषिसरा थापा(भलिबल), भरतविक्रम बानियाँ(बास्केटबल), दिनेश खड्का(स्वास्थ्य क्षेत्रबाट), अनुप पौडेल(खेलपत्रकार प्रतिनिधि), कुुसुम गुरुङ(मार्शल आर्ट्स), प्रिति बराल(सफ्ट टेनिस) लगायत सदस्यमा छन्। सपथ खुवाउँदै मेयर जिसीले पोखरालाई खेलकुदको हब बनाउन जोड दिँदै महिलालाई समेत खेलकुदमा आवद्ध गराउन आग्रह गरे।

पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले पनि खेलकुद भावना लिएर मात्रै अगाडि बढ्नुपर्नेमा जोड दिए।  

प्रकाशित: २६ चैत्र २०७८ ०७:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App