८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु

पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा मंगलबारदेखि अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ। प्रतियोगिताको उदघाटन पोखरा महानगरपालिका उपप्रमुख मन्जुदेवी गुरुङले गरिन्। 

उदघाटन समारोहमा सम्बोधन गर्दै गुरुङले खेलकुद स्वास्थ्यको लागि अपरिहार्य भएको उल्लेख गर्दै महानगरपालिकाले खेलकुद क्षेत्रमा पनि विस्तारै अगाडि बढ्ने विश्वास व्यक्त गरिन्। खेलकुदको माध्यमबाट स्वास्थ्य मात्रै नभई पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास समेत सुनाईन ।  

अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगितामा पोखरा महानगरका १६ वटा वडाले सहभागिता जनाएका छन्। अघिका खेलहरु बेष्ट अफ फाईभमा खेलाईने समितिले जनाएको छ। विजेता वडाले नगद पुरस्कार स्वरुप १ लाख २० हजार रुपैयाँ प्राप्त गर्ने छ। उपविजेता हुनेले ७० हजार र तेस्रो हुने टोलीले नगद ४० हजार रुपैयाँ प्राप्त गर्ने छ।  

उत्कृष्ठ पाँच विधाका खेलाडीलाई समेत पुरस्कृत गरिने समितिका अध्यक्ष दिपकबहादुर गोदारले सुनाए। प्रतियोगितामा गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङ तथा सदस्य सचिव तेजबहादुर गुरुङ, कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीमप्रसाद पराजुलीको समेत उपस्थिति थियो।  

प्रकाशित: २२ चैत्र २०७८ १४:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App