१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

स्वस्तिश्रीलाई डिबालाको जर्सी

अर्जेन्टिनी फुटबलर पाउलो डिबालाद्वारा हस्ताक्षरित जर्सी बुधबार स्वस्तिश्री गुरुकुल स्कुललाई प्रदान गरिएको छ। सानो भर्‍याङस्थित स्वस्तिश्री गुरुकुल स्कुलमा आयोजित एक कार्यक्रमका बीच अर्जेन्टिनाको राष्ट्रिय टोलीका सदस्य पाउलो डिबालाद्वारा हस्ताक्षरित जर्सी विद्यालयलाई हस्तान्तरण गरिएको हो। 

पाउलोकी आमा एलिसिया डे डिबाला, विद्यालयका अध्यक्ष रामकृष्ण चित्रकार, प्रवन्बध निर्देशक मीना महर्जन चित्रकार र नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङलगायतले उक्त जर्सी सार्वजनिक गरेका थिए। साथै एलिसियाले उक्त जर्सी विद्यालयलाई हस्तान्तरण गरिन्।

एलिसियाले आफ्नो छोरा अहिले इटालीमा युभेन्ट्सबाट राम्रो खेल प्रदर्शन गरिरहेको उल्लेख गर्दै उनलाई छिट्टै नेपाल ल्याउने चाहना रहेको बताइन्। विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले विश्व फुटबलका चिर्चित खेलाडीको आमालाई विद्यालयमा ल्याइएको स्वस्तिश्री गुरुकुल आइबी वल्र्ड स्कुलका अध्यक्ष चित्रकारले बताए। विद्यालयले बुधबार एक भव्य कार्यक्रमको आयोजना गर्दै एलिसियालाई स्वागत गरेको थियो।

नेपाली संस्कृति झल्कने लाखे नाचलगायत विभिन्न कार्यक्रमको आयोजना विद्यालयले गरेको थियो। कार्यक्रममा खेलकुद संयोजक राकेशकुमार राई, फुटबल प्रशिक्षक सनोज श्रेष्ठ र पुष्प विष्टलगायतको उपस्थिति थियो। विद्यालयको तर्फबाट प्र्रबन्ध निर्देशक मीना महर्जनले मायाको चिनो प्रदान गरेकी थिइन्।

प्रकाशित: १७ चैत्र २०७८ ०१:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App