८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता हुने

भक्तपुरमा प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता २०७८ हुने भएको छ।

भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना र नेपाल ब्याडमिन्टन संघको तत्वावधानमा प्रतियोगता हुन लागेको प्रतियोगिता चैत ९ गतेदेखि १२ गतेसम्म हुने जनाइएको छ। आयोजक संघले सोमबार भक्तपुर पत्रकार सम्मेलन गरी प्रतियोगितामा दुई सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहने जनाइएको थियो।

सम्मेलनमा संघका अध्यक्ष राजेन्द्र प्रजापतिले प्रतियोगितामा देशभरका ७७ वटै जिल्ला र सात वटै प्रदेशबाट सहभागिता रहने जनाए। प्रतियोगितामा निम्न ६ वटा विधाहरु समेटिएको जनाइएको छ। पन्ध्र वर्ष मुनि (पुरुष), पन्ध्र वर्ष मुनि (महिला), पुरुष एकल, महिला एकल, भेट्रान डबल (४५ वर्ष माथि) र पुरुष डबल हुने जनाइयो।

ती इभेन्ट्सहरुमा सहभागी हुनका लागि पन्ध्र वर्ष मुनि (पुरुष/महिला), पुरुष एकल,  महिला एकलका लागि दर्ता शुल्क एक हजार रुपैयाँ भेट्रान डबल र पुरुष डबलका लागि दर्ता शुल्क एक हजार पाँंच सय रुपैयाँ निर्धारण गरिएको सम्मेलनमा जनाइयो।

प्रतियोगिामा उत्कृष्ट भएका प्रथम/द्वितीय/तृतीय भएका खेलाडीहरुको लागि नगद पुरस्कारसहित विधागत रुपमा मेडल, शिल्डको बन्दोवस्त गरिएको सम्मेलनमा जनाइयो। यसअन्तर्गत पन्ध्र वर्षमुनि (पुरुष) प्रथमलाई १५ हजार, द्धितीयलाई १० हजार तृतीयलाई सात हजार पाँंच सय नगद पुरस्कार वितरण गरिनेछ।

यस्तै पन्ध्र वर्ष मुनि (महिला) प्रथमलाई १५ हजार, तृतीयलाई सात हजार पाँंच सय नगद पुरस्कार वितरण गरिनेछ। यस्तै पन्ध्र वर्ष मुनि (महिला) प्रथमलाई १५ हजार, दोश्रोलाई १० हजार र तृतीयलाई सात हजार पाँंच सय नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै पुरुष एकलमा प्रथमलाई ३५ हजार, द्धितीयलाई २० हजार र तृतीयलाई १२ हजार पाँंच सय नगद पुरस्का दिइनेछ।

साथै महिला एकलमा प्रथमलाई ३५ हजार, द्धितीयलाई १५ हजार र तृतीयलाई १२ हजार पाँंच सय नगद दिइनेछ। भेट्रान डबलमा प्रथमलाई ३० हजार, द्धितीयलाई १५ हजार र तृतीयलाई सात हजार पाँंच सय रुैपैयाँ नगद दिने जनाइयो। साथसाथै पुरुष डबलमा प्रथमलाई नगद ३० हजार, द्धितीयलाई १५ हजार र तृतीयलाई सात हजार पाँंच सय दिने बताइयो।

प्रतियोगिता अवधिभर कुल १६ लाख ८६ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरेको जनाइयो। खेललाई सफल बनाउन विभिन्न समिति, उपसमिति गठन गरिएको समेत सम्मेलनमा जनाइयो। प्रतियोगिता संयोजकमा नवीन प्रजापति, अतिथि सत्कार व्यवस्थापनमा सुरेन्द्र प्रजापति, पुरस्कार व्यवस्थापनमा सबिन ढुङ्गेल, प्राविधिक व्यवस्थापनमा चन्दन कोजू, खेल स्थल व्यवस्थापनमा गणेश राम मुस्याख्व र स्वयम सेवक व्यवस्थापनमा राध्येश्याम मचामसी रहेको जनाइयो।

सम्मेलनमा नेपाल व्याडमिन्टन संघका केन्द्रिय अध्यक्ष रामजीबहादुर श्रेष्ठले प्रतियोगिताका लागि आफूहरुले प्राविधिक, आवश्यक सामानहरु दिएर सहयोग गर्ने वचन दिए।

प्रकाशित: ३० फाल्गुन २०७८ १२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App