५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

फ्रेन्डस काठमाडाैं सेमिफाईनल प्रवेश

धनगढीमा जारी मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगितामा ए डिभिजन क्लव फ्रेन्डस सेमिफाईनल प्रवेश गरेको छ। आईतबार धनगढी रंगशालामा भएको खेलमा क्यामरुनको एभिनिर फुृटवल क्लव लाई २–० अन्तर गोलले पराजित गर्दै फ्रेन्डस अन्तिम चारमा पुगेको हो। प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हापमा कुनै टिमले पनि गोल गर्न नसक्दा शुन्यको बराबरीमा सकिएको थियो। पहिलो हापमा दुबै टिमले ३, ४ मौका पाएपनि गोल गर्न असफल भएका थिए।

फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईसले दुई गोल गरे। दोश्रो हापमा खेलको ५३ औं मिनेटमा जमोउलले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाए। त्यसपछि खेलको ६२ औं मिनेटमा जमोउलले पेनाल्टीमा गोल गर्दै फ्रेन्ड्सलाई २–० को जित दिलाए। एभेनिरका खेलाडीले लडाएपछि फेन्ड्सले पेनाल्टी पाएको थियो। खेलमा दुई गोल गरेका फ्रेन्ड्सका जमोउल एन्थोनी फ्रान्कोईस म्यान अफ द म्याच भए। उनले नगद १० हजार पाए।  

अब फ्रेन्ड्सले सेमिफाईनलमा मछिन्द्र र बागमती युथ क्लबबीचको विजेतासँग खेल्नेछ। यो खेलको विजेता सेमिफाईनल प्रवेश गर्ने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबका सचिव तथा प्रवक्ता ओम विक्रम चन्दले बताएका छन्।

खेलपछि प्रतिक्रिया दिँदै फेन्ड्स क्लबका प्रशिक्षक मिगेन्द्र मिश्रले पहिलो हापमा विपक्षी टिमको खेलको जानकारी पाएपछि त्यहि अनुसारको रणनीति बनाएर खेल्दा जित हात पार्न सकिएको बताए। खेलाडीको फिटनेस र टीम वर्कका कारण गोल निकाल्न सकिएको उनको भनाई थियो। पहिलो हाफमा तीन चार वटा मौका पाएर पनि गोल गर्न नसकेको उनले बताए। ‘विपक्षी टीम कस्तो छ भन्ने कुरा थाहा थिएन। पहिलो हाफमा उनीहरुको बारेमा जानकारी पाएपछि दोस्रो हाफमा जसरी पनि गोल गर्ने गरी खेल्यौ र दुई गोल गर्न सकेर हामीले खेल जित्यौं’, उनले भने। विपक्षी टीममा पनि केही खेलाडीहरु राम्रा भएको तर उनीहरुमा फिटनेसको समस्या रहेको उनले बताए।  

खेलपछि प्रतिक्रिया दिँदै एभेनिर फुटबल क्लबका प्रशिक्षक आशिक थापा मगरले लामो यात्रापछि खेल खेल्नु परेको र  सबै खेलाडीहरु प्नि नपुगेका कारण खेल गुमाएको बताए। ‘खेलाडीहरु लामो यात्रा गरेर आएका कारण खेल्न धेरै गाह्रो भएको उनले बताए। हिजो मात्रै खेलाडी यहाँ पुगेका हुन्। ‘ खेल त सोचेभन्दा राम्रो भएपनि नतिजा हाम्रो पक्षमा आएन’, उनले भने,‘हाम्रो पेनाल्टीसम्म पुर्‍याउने लक्ष्य थियो।’ आधा खेलाडी टर्कीमै रोखिएको उल्लेख गर्दै बाँकी खेलाडी यतैबाट व्यवस्था गरेको उनले बताए। आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ।  

प्रतियोगिता हेर्न विद्यार्थीका लागि १ सय र अन्य दर्शकका लागि १ सय ५० शुल्क तोकिएको छ। नकआउट आधारमा खेलाई राखिएको प्रतियोगिताको फाइनल फागुन २८ मा हुने छ। प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्ने छ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ लाख प्रदान गरिने छ।

उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टीमले जनही नगद २५ हजार प्राप्त गर्ने छन्। यसैगरि प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १०/१० हजार प्रदान गर्ने गरिएको छ। सोमबार हुने खेलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गर्नेछन्। 

प्रकाशित: २२ फाल्गुन २०७८ १४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App