२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भक्तपुर कप भक्तपुर एफसीको पोल्टामा

आयोजक भक्तपुर युवा टिमलाई हराउँंदै भक्तपुर कप फुटबलको उपाधि भक्तपुर फुटबल क्लव (भक्तपुर एफसी) को पोल्टामा परेको छ। शनिबार भएको फाइनल खेलमा भक्तपुर एफसीले आयोजक भक्तपुर युवा टिमलाई ३-० गोलले पराजित गरेको हो।  

खेलको निर्धारित समयसम्म दुवै टिमले कुनै पनि गोल गर्न सकेन। त्यसपछि टाइब्रेकरको आधारमा खेलको नजिता निस्केको हो। पेनाल्टीमा भक्तपुर एफसीले तीन गोल गर्न सफल भएको थियो भने आयोजक भक्तपुर युवा टिमले एउटा मात्रै गोलमा चित वुझाउन बाध्य भयो।  

विजयी भक्तपुर एफसीकोतर्फबाट जर्सी नं ११ का दीपेन्द्र माझीले पहिलो पेनाल्टी गोल गरी विजय यात्राको प्रारम्भ गरेका थियो। यसरी विजेता भक्तपुर एफसीकोतर्फबाट अर्काे गोल जर्सी नं १६ का अजय चौधरीले गरे भने अर्काे थप गोल जर्सी नं १० का उदिप्त चौधरीले गरे। तर यता आयोजक भक्तपुर युवा टिमबाट जर्सी नं ११ का सुजन गोसाईले एक गोल मात्र गर्न सफल भए। यसरी आयोजक भक्तपुर युवा टिम दोश्रो स्थानमा सिमित रहन बाध्य भए।  आयोजककोतर्फबाट हानि  

गर्न सफल भएका थिए। त्यसपछि आयोजक भक्तपुर युवा टिमबाट गोल हुन सकेन। यस्तै विजयी भक्तपुर एफसीकोतर्फबाट जर्सी नं १६ का अजय चौधरी पुनः गोल गरी दुई गोल पुयाउन सफल भए। यता आयोजक भक्तपुर युवा टिमबाट पनि जर्सी नं ११ का अजय गोसाईले गोल गर्न सफल भए। पराजित भक्तपु युवाका दुई वटा गोल सफलतामा टुंगिन सकेन।  

प्रतियोगितामा अनुशाशित टिम, एफसी रेले, उदयीमान खेलाडी भक्तपुर एफसी क्वलका जानमी धामी, म्यान अफ द म्याच भक्तपुर एफसी क्लबका रुविन वोगटी, वेष्ट गोल किपर भक्तपुर एफसीको रविन वोगटी, वेष्ट मिड फिल्डर भक्तपुर युवा टिमका विकास लामा, वेष्ट डिफेन्डर भक्तपुर युवा टिमका सविन खड्का, बेष्ट प्लेयर अफ म्याच भक्तपुर युवा टिमका किशोर सुवाल, वेष्ट कोच भक्तपुर एफसीको रवि कवां, विनर अफ द म्याच

फष्ट रनर अफ म्याच भक्तपुर युवा टिम

प्रतियोगितमा प्रथम हुन सफल भक्तपुर एफसीले भक्तपुर कपका साथै एक लाख १५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र पाए। फाइनलमा पराजित भई दोश्रो हुने सफल आयोजक भक्तपुुवा टिमले ५५ हजार नगद प्राप्त गरेका छन्। 

उनीहरु सवैलाई संघीय सांसद प्रेम सुवालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे। प्रतियोगितामा काठमाडौं उपत्यका र उपत्यका बाहिरका १६ वटा टिमले सहभागिता जनाएका थिए। प्रतियोगिता फागुन ६ गतेदेखि सुरु भएको थियो। प्रतियोगिता फागुन ६ गतेदेखि सुरु भएको थियो।

प्रतियोगिताको पहिलो पुरस्कारका लागि लक्ष्मण अवाल र प्रविण कुस्माले संयुक्त रुपमा नदगको व्यवस्था गरिदिएका थिए। त्यस्तै दोश्रो पुरस्कार ५५ हजारका लागि शिखर इन्स्युरेन्स कम्पनी लिमिटेडले सहयोग गरेको थियो। 

त्यस्तै प्रतियोगिताका लागि भक्तपु इटा उद्योग व्यवसायी संघ, भक्तपुर टक व्यवसाय प्रालि, भक्तपुर नगरपालिका, ख्व्प अस्पताल, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, सुसन्देश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, जीएस ऐग टाइ, गोर्खा इको प्यानललगायले सहयोग गरेको आयोजक युवा टिमका अध्यक्ष केशव त्वानाबासुले जनाए।

प्रकाशित: १४ फाल्गुन २०७८ १५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App