१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

चीन असफल भएपछि समर्थकको आक्रोश

भियतनामसँग ३–१ ले पराजित हुँदै चीन कतार विश्वकप २०२२ को टिकट काट्न असफल भएपछि चिनियाँ समर्थक आक्रोशित बनेका छन्।

चीनले लामो समयदेखि विश्वकप छनोटको सपना देखे पनि त्यसमा सफल भने हुन सकेको छैन। मंगलबारको हारपछि आक्रोशित बनेका समर्थकले सामाजिक संजाल वेइबोमार्फत आफ्नो रिस पोखेका छन्।

राष्ट्रपति सी जिङ पिङले कुनै दिन चीनले विश्वकप आयोजना गर्नुका साथै उपाधि जित्न चाहन्छ भन्ने सन्देश दिए पनि आठ खेलको समाप्तिमा चीन ५ अंकसहित पाँचाैँ स्थानमा रह्यो। अन्तिम स्थानको भियतनामको ३ अंक रह्यो। समूह ‘बी’ मा शीर्ष तीनमा रहेका साउदी अरेबिया, जापान र अस्ट्रेलियाको क्रमशः १९, १८ र १५ अंक छ। साउदी र जापानले यस समूहबाट विश्वकप टिकट काटिसकेका छन्। तेस्रो स्थानको अस्ट्रेलियाले भने छनोटको चौथो चरणमा प्रतिस्पर्धा गर्नेछ।

समूह ‘ए’ बाट इरानसँगै दोस्रो स्थानको दक्षिण कोरियाले विश्वकपमा स्थान पक्का गर्दा तेस्रो स्थानको युएई भने चौथो चणमा प्रवेश गर्‍यो।

सामाजिक सन्जालमा चीनको ‘राष्ट्रिय टोलीले सधैँ किन हार्छ’, ‘राष्ट्रिय टोली हामीलाई क्षतिपूर्ति देऊ भन्ने ह्यासट्याग सुरु भइसकेको छ।’)  

‘यदि गोलपोस्टमा सुँगुरको मासुको टुक्रा झुन्ड्याउने हो भने तिमीहरूभन्दा कुकुरले राम्रो बल प्रहार गर्छ,’ वेइबोमा एक प्रयोगकर्ताले आक्रोश पाखेका छन्। ‘हामीले फिफाको सदस्यता त्याग्नुपर्छ र लाजलाई देशबाहिर नै रााख्नुपर्छ,’ वेइबोमा अर्का प्रयोगकर्ताले आक्रोश पोखेका छन्।

चीन अहिलेसम्म एक पटक मात्र विश्वकपमा छनोट भएको छ। सन् २००२ मा विश्वकप खेलेको चीनले न त कुनै अंक जोड्यो न त कुनै गोल गर्न नै सक्यो। ‘हामी विगतमा थाइल्यान्डसँग निराश हुन्थ्यौं, अहिले भियतनाम र त्यसपछि म्यानमारसँग पनि। हामीले कुनेै पनि राष्ट्रलाई हराउन सक्दैनाैँ होला,’ समर्थकले पोस्ट गरेका छन्।

प्रकाशित: २० माघ २०७८ ०५:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App