५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

महेश्वरी खेल मैदान सफाई गर्दै युवा

माघ १४ गतेदेखि २२ गतेसम्म हुने भक्तपुर कप फुटवल प्रतियोगिताका लागि युवाहरुले महेश्वरी खेल मैदान सफा गरेका छन्। उनीहरुले प्रतियोगिता हुने भक्तपुर नगरपालिका वडा नं ७ महेश्वरीस्थित महेश्वरी खेल मैदानको सफाई गरेका हुन्।  

भक्तपुरकै पुरानो भक्तपुर युवा टिमको आयोजनामा भक्तपुरमा ११ ए साइड खुला भक्तपुर कप फुटवल प्रतियोगिता आगामी माघ १४ गतेदेखि २२ गतेसम्म हुने भएको हो। यसैका लागि आयोजक युवा टिमका सदस्यहरुले सफाई गरेका हुन्।  

टिमका संस्थापक अध्यक्ष विश्वराम कवांले प्रतियोगिताको तयारीस्वरुप मैदानको सरसफाई गरेको बताए। युवाहरुका साथै डोजरको सहायताले खेल मैदानको सफाई गरेको उनले बताए। प्रतियोगिताका लागि नाम दर्ता गराउने अन्तिम मिति माघ ७ गते रहेको छ। महेश्वरी खेल मैदान भक्तपुरको एउटै मात्रै फुटवल खेल मैदान हो।  

प्रतियोगिताका संयोजक सञ्जीव कवाले प्रतियोगितामा काठमाडौं उपत्यका र उपत्यकाबाहिरबाट पनि प्रतिनिधित्व हुने निश्चित भएको बताए। उनका अनुसार प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुरसहित काभ्रेपलान्चोक गरी कुल १६ वटा टिमहरुले सहभागिता देखाउने बताए।

मित्रता अनुशासन र स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ भक्तपुर युवा टिमको स्थापना २०५० सालमा भएको थियो। भक्तपुर नगरपालिका वडा नं ७ मा स्थापित यो टिमले विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गर्न सफल भएको छ। यस टिमले यसअघि पनि विभिन्न प्रतियोगिताहरु सफलतापूर्वक गर्न सफल भएको थियो। भूकम्पपछि सुस्त भएको यो टिम अहिले फेरि जुर्मुराउन थालेको हो।

प्रकाशित: ६ माघ २०७८ १४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App