२ असार २०८१ आइतबार
image/svg+xml
खेल

सुर्य नेपाल इष्टर्न ओपन गल्फ : घरेलु कोर्षमा शीर्षस्थानमा उक्लिए शुक्र

सुर्य नेपाल गल्फ टुरअन्तर्गत इष्टर्न ओपन गल्फ प्रतियोगितामा नेपालका नम्बर एक व्यावसायिक गल्फर शुक्रबहादुर राई शीर्षस्थानमा उक्लिएका छन्।

पार ७० को घरेलु धरान गल्फ कोर्षमा मंगलबार दोस्रो दिन ३८ होलको खेल सकिदा कुल २ अण्डर १३८ स्कोरका साथ शुक्र शीर्ष स्थानमा उक्लिएका हुन्। मंगलबार तेस्रो स्थानमा रहेर खेल शुरु गरेको शुक्रले उत्कृष्ट ३ अण्डर ७१ को कार्ड बनाए।

त्यसक्रममा उनले फ्रन्ट नाइन ३ अण्डर ३३ को कार्ड बनाउदा तेस्रो, छैटौ र नवौं होलमा बर्डी खेलेका थिए। ब्याक नाइनमा लेभल पार ३४ को कार्ड बनाएका शुक्रबारले १२ औं र १६ औं होलमा बर्डी गर्दै स्ट्रोक जोगाए पनि १४ औं र १७ औं होलमा बुगी खेपेका थिए।

पहिलो दिन भने उनी १ ओभर ७१ स्कोरका साथ तेस्रो स्थानमा थिए। उपाधि जित्ने लक्ष्य लिएर बुधबार पनि राम्रो प्रर्दंशन गर्ने शुक्रले प्रतिक्रिया दिए। मंगलबार टि सटले साथ दिएको र बंकर चिप पनि राम्रो भएको उनले बताए।

एक स्ट्रोकले पछि पर्दै रवि खड्का कुल १ अण्डर १३८ स्कोरका साथ दोस्रो स्थानमा छन्। पहिलो दिन पाँचौ स्थानमा रहेका उनले दोस्रो दिन खेलमा लय समाउदै ४ अण्डर ६६ को कार्ड बनाएर दोस्रो स्थानमा उक्लिए। मंगलबार फ्रन्ट नाइनमा १ अण्डर ३५ को कार्ड बनाउने क्रममा उनले पाँचौ र नवौ होलमा बर्डी गरे भने सातौं होलमा बुगी खेपेका थिए। ब्याक नाइनमा ३ अण्डर ३१ को कार्ड बनाएका उनले ११ औं, १७ औं र १८ औं होलमा बर्डी गर्दै स्ट्रोक जोगाए। पहिलो दिन उनले ३ ओभर ७३ स्कोर खेलेका थिए।

पहिलो दिन १८ होलको खेल सकिदा ३ अण्डर ६७ स्कोरको कार्ड बनाएर शीर्ष स्थानमा रहेका निरज तामाङदोस्रो दिन खराब प्रर्दशन गर्दै तेस्रो स्थानमा झरेका छन्। मंगलबार ४ ओर ७४ को कार्ड बनाएका उनी कुल १ ओभर १४१ स्कोरका साथ तेस्रो स्थानमा छन्। समान कूल २ ओभर १४२ स्कोरका साथ बलभद्र राई (मणी) र धनबहादुर थापा संयुक्त चौथो स्थानमा छन् भने ४ ओभर १४४ स्कोरका साथ सुर्यप्रसाद शर्मा छैटौ स्थानमा छन्।

यसैगरि, समान ६ ओभर १४६ स्कोरका साथ सविन सापकोटा र सञ्जय लामा संयुक्तरुपमा सातौं स्थानमा छन् भने कुल ७ ओभर १४७ स्कोरका साथ टंकबहादुर कार्की नवौं स्थानमा छन्। समान ९ ओभर १४९ स्कोरका साथ भुवनकुमार रोक्का र भुवन नगरकोटी संयुक्तरुपमा १० औं स्थानमा छन्।  

यसैगरि, एमेच्योरतर्फ दोस्रो दिनको खेल सकिँदा कुल ६ ओभर १४६ स्कोरका साथ सुवास तामाङ शीर्षस्थानमा छन्। पहिलो दिन ७ ओभर ७७ को खराब प्रर्दशन गरेका सुवासले दोस्रो दिन भने १ अण्डर ६९ को कार्ड बनाए। समान ७ ओभर १४७ स्कोरका साथ युवराज भुजेल र जितेन्द्र राई एमेच्योरतर्फ संयुक्तरुपमा दोस्रो स्थानमा छन्। दोस्रो दिनको खेल सकिँदा कट जोगाउन सफल २२ जना व्यवसायिक र ६ जना खेलाडी मात्र बुधबारको लागि छानिएको नेपाल प्रोफेस्नल गल्फर्स एशोसिएशनले जनाएको छ।

प्रकाशित: १३ पुस २०७८ १३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App