१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

कार्कीले पूरा गरे जनकपुरसम्मको दौड

लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरको गोदावरी नगरपालिका गोदामचौर, कार्कीटार, हनुमान् मन्दिरदेखि जनकपुरको रामजानकी मन्दिरसम्मको दौड यात्रा पूरा गरेका छन्।

गोदामचौरमा आफैंले निर्माण गरेको हनुमान मन्दिरबाट मंसिर २० गतेदेखि दौडन सुरु गरेका कार्कीले जनकपुरको रामजानकी मन्दिरसम्मको २ सय २५ किलोमिटर दूरी तीन लगाएर पूरा गरेका हुन्। उनले पहिलो दिनको दौड नेपालथोकमा पुगेर सकाए।

दोस्रो दिन कार्कीले सिन्धुलीमाढी बजारमा विश्राम लिए। तेस्रो तथा अन्तिम दिन जनकपुरको रामजानकी मन्दिर पुगेका थिए। कार्कीले विगतमा दौडको माध्यमबाट संकलन भएको रकम विभिन्न सामाजिक कार्यमा सहयोग गरेकोमा यस पटकको दौडको उद्देश्य आफैंले निर्माण गरेको हनुमान् मन्दिरमा २७ फिट अग्लो गदा निर्माणका लागि आर्थिक सहयोग जुटाउनु रहेको बताए।

दौडका क्रममा विभिन्न स्थानमा स्थानीयले कार्कीलाई हौसला प्रदान गर्नुका साथै सम्मान गरेका थिए। यसअघि कार्की दौडेर नेपालका ७५ वटै जिल्ला पुगिसकेको छन्। त्यस्तै काठमाडौं–लुम्बिनी ६ पटक, काठमाडौं–दोलखा ३ पटक, काठमाडौं सिन्धुली ३ पटक र काठमाडौं–पोखरा १ पटक दौडिसकेको कार्कीले जानकारी गराए।

प्रकाशित: २५ मंसिर २०७८ ०३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App