६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

बेलबारी गोल्डकप: हिमालयन शेर्पालाई उपाधि

बेलबारीमा जारी चौथो बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि काठमाडौंको हिमालयन शेर्पा क्लबले जितेको छ। बेलबारीको लक्ष्मीमार्गमा बुधबार सम्पन्न खेलमा हिमालयनले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–१ गोल अन्तरमा हराउँदै उपाधि जितेको हो।

जितसँग हिमालयनले नगद ५ लाख रुपैयाँका साथै ट्रफी प्राप्त गरेको छ। उपविजेता रहेको एपिएफले नगद २ लाख ५ हजार रुपैयाँका साथ ट्रफी पाएको छ।  

यस सिजनमा भएको पहिलो प्रतियोगिताबाट हिमालयन शेर्पाले एपिएफलाई पराजित गर्दै उपाधि जितको यात्रा थालेको छ। दुवै टोली ‘ए’ डिभिजन क्लब हुन्।  

खेलको म्यान अफ द म्याच हिमालयनका संजित राईले नगद ५ हजार ५ सय रुपैयाँ पाए। उत्कृष्ट गोलरक्षक किशोर गिरी, एन्जलगुरुङ उत्कृष्ट डिफेन्स, उत्कृष्ट फरवाड मुतुम्बा र उत्कृष्ट प्रशिक्षक युगलकिशोर राईले जनही ११ हजार रुपैयाँ पुरस्कार पाए। उनीहरु हिमालयन शेर्पा क्लबका हुन्।एपिएफका नवीन लामा उत्कृष्ट मिडफिल्ड र राइजिङ खेलाडी डाँगिहाट युथ क्लबका रोहन कार्की जनहीले ११ हजार रुपैयाँ प्राप्त गरे।    

प्रतियोगिताको सर्वाधिक गोलकर्ता एपिएफका आशिष लामाले नगद २१ हजार र सर्वोत्कृष्ट खेलाडी हिमालयनका विश्वास श्रेष्ठले नगद ३१ हजार रुपैयाँ प्राप्त गरे। कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, सशस्त्र प्रहरी बलको बराह बाहिनी कमल गिरी, क्लबका अध्यक्ष विक्रम राईलगायतले खेलाडीहरुलाई पुरस्कार वितरण गरे। 

प्रकाशित: १७ कार्तिक २०७८ १५:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App