८ वैशाख २०८१ शनिबार
खेल

साफ उपविजेतालाई सम्मान गरिने

माल्दिभ्समा सम्पन्न १३औं संस्करणको साफ च्याम्पियनसिप प्रतियोगिताको उपविजेता टोलीलाई नेपाली कांग्रेस तरुण विभागले बुधबार नगदसहित सम्मान गर्ने भएको छ।

तरुण विभागले साफ उपविजेता टोलीका खेलाडी र प्रशिक्षकलाई बुधबार राष्ट्रिय सभागृहमा नगदसहित सम्मान गर्ने जनाएको छ।साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनल पुगेको नेपाली टोली भारतसँग ३–० ले पराजित भएको थियो।फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट वञ्चित भएको थियो।

उपविजेता बन्दै स्वदेश फर्किएको सोही टोलीलाई नगदसहित सम्मान गर्ने जनाइएको हो। सरकारले उपविजेता टोलीका खेलाडीलाई जनही ५ लाख र प्रशिक्षकहरूलाई ३÷३ लाख दिने निर्णय गरिसकेको छ।

प्रकाशित: १० कार्तिक २०७८ ०४:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App