२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

तीन भारतीय कुस्ती खेलाडी रौतहटमा पराजित

दशैँको दुर्गामेलामा कुस्तीप्रति सर्वसाधारणको व्यापक आकर्षण देखिएको छ। जिल्लाको पचासौँ ठाउँमा दुर्गामेला लागेको भए पनि करिब दर्जन ठाउँमा कुस्ती प्रतियोगिताको आयोजन गरिएको छ।

रौतहटको गढीमाई नगरपालिकाको मलाहीमा ठूलो कुस्ती प्रतियोगिताको आयोजन गरिएको छ। भारत र नेपालका कैयौँ खेलाडीले कुस्तीमा भाग लिएको आयोजकले जनाएको छ।  गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले कुस्ती खेल स्थानीयको माग रहेको आधारमा भारतबाट खेलाडी मगाइएको र नेपाल प्रहरीको नेतृत्वमा कुस्ती प्रतियोगिता गराइएको बताएका छन्।  

हजारौँ स्थानीयबासीको भव्य उपस्थितिमा संचालित कुस्ती प्रतियोगितामा तीन नेपाली खेलाडीले भारतीय कुस्ती खेलाडीलाई पराजित गरेका छन्।

रौतहटको गढीमाई ८ बीरनगराका कुस्तीबाज राजेश यादवले भारतको दिल्लीका कुस्तीबाज राहुलबीच खेलको लागि ८ मिनेटको समय निर्धारण गरिएकोमा पहिलो एक मिनेटमै पराजित गरेका छन्। यसै गरी नेपाल प्रहरीका कुस्तीबाज जवान रितेश यादवले भारतको बनारसका खेलाडी इसारुदीनलाई पराजित गरे। यसैगरी नेपाल प्रहरीका धर्मेन्द्र यादवले दिल्लीका अर्का कुस्तीबाज गोलु पहलवानलाई पराजित गरेका छन्। नेपाल प्रहरीका रामअसिस यादवको नेतृत्वमा प्रहरीका कुस्ती खेलाडीको टोलीले मेलामा सहभागिता जनाएको छ।

प्रकाशित: २९ आश्विन २०७८ १२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App