१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

बाग्मतीस्तरीय रग्बी शनिबार

बाग्मती प्रदेश जिल्लास्तरीय पुरुष तथा महिला सेभेन ‘ए’ साइड बाग्मती सेभेन्स रग्बी प्रतियोगिता शनिबार हुने भएको छ। 

नेपाल रग्बी संघको आयोजना तथा बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा एकदिने प्रतियोगिता हुन लागेको हो। महिला तथा पुरुष १० टोली सहभागी प्रतियोगिता भक्तपुरको मध्यपुर युथ फुटबल क्लबको मैदानमा हुनेछ। पुरुषतर्फ ७ टोली र महिलातर्फ ३ टोली सहभागी छन्। 

पुरुषतर्फ काठमाडौं, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर, रामेछाप र भक्तपुर रहेका छन्। यस्तै महिलातर्फ मकवानपुर, काठमाडौं र नुवाकोट जिल्ला सहभागी छन्। खेल सिंगल राउन्ड रोबिनको आधारमा हुनेछ। 

पुरुषतर्फको विजेताले १५ हजार पाउँदा उपविजेताले १० हजार पाउनेछ। यस्तै महिलातर्फको विजेताले १० हजार प्राप्त गर्दा उपविजेताले ५ हजार पाउने आयोजक बाग्मती रग्बी सेभेन्सले बताएको छ। उत्कृट पुरुष तथा महिला खेलाडीले ५ हजार पाउनेछन्।

प्रकाशित: १६ आश्विन २०७८ ०२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App