२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

रियालबाट एसेन्सियोको ह्याट्रिक

मार्को एसेन्सियोले रियाल मड्रिडका लागि पहिलो ह्याट्रिक पूरा गरेको दिन बुधबार ला लिगामा मालोर्कामाथि ६–१ को सानदार जित निकालेको छ।

रियालको घरेलु मैदानमा भएको खेलमा करिम बेन्जिमाले भ्रमणकारी टोली मालोर्काविरुद्ध सुरुआती अग्रता निकालेका थिए। एकतर्फीजस्तो देखिएको खेलमा बेन्जिमाले तेस्रो मिनेटमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। 

२२औं मिनेटमा एसेन्सियोले गोल थप्दै अग्रता दोब्बर पार्दा २५औं मिनेटमा मालोर्काका काङ लीले गोल फर्काउँदै अग्रता छोट्याएका थिए। त्यसपछि झन् आक्रामक बनेको रियालका लागि २९औं मिनेटमा एसेन्सियोले व्यक्तिगत दोस्रो गोल गर्दै रियाललाई पहिलो हाफमा ३–१ को अग्रता दिलाए ।

पहिलो हाफमा भ्रमणकारी टोलीलाई दबाब दिएर खेलेको रियालका लागि ५५औं मिनेटमा एसेन्सियोले ह्याट्रिक पूरा गर्दै रियाललाई ४–१ को स्थितिमा ल्याए। एसेन्सियोको रियालका लागि पहिलो ह्याट्रिक पूरा भएको थियो। ७८औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ५–१ मा  पुर्‍याउँदा ८४औं मिनेटमा इस्कोले गोल गर्दै रियाललाई ६–१ को सानदार जित दिलाए। 

मालोर्कामाथिको सानदार जितसँगै रियाल लिगतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। रियालले ६ खेलमा १५ अंक जोडेको छ। पराजित मालोर्का ८ अंक जोडेर १०औं स्थानमा छ। रियालका लागि मोलोर्काविरुद्ध दुई गोल गरेका बेन्जिमा ला लिगामा २ सय गोल पूरा गर्ने १०औं खेलाडी भएका छन्। 

शीर्ष स्थानमा उक्लिएको रियालपछि तालिकामा एट्लेटिको मड्रिडको १४ अंक छ। एक खेल कम खेलेको सेभिया ११ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ। स्पेनिस ला लिगाअन्तर्गत बुधबारकै अर्को खेलमा भिल्लारियालले एल्चेलेलाई ४–१ ले हराउँदै स्पष्ट तीन अंक जोड्यो। 

प्रकाशित: ८ आश्विन २०७८ ०१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App