७ वैशाख २०८१ शुक्रबार
खेल

१९ औं आहा रारा गोल्डकपः संकटा फाईनलमा प्रवेश

बलको लागि संघर्ष गर्दै एपीएफ र संकटाका खेलाडीहरु । तस्बिर: उमेश पुन/नागरिक

पोखराको मैदानमा एपीएफ निकै अभागी टोली हो । उपविजेतासम्मको यात्रा तय गरेको एपीएफले पोखराको मैदानमा आहाराराको संस्करणका उपाधि उचाल्नै सकेको छैन । १९ औं सस्करणमा आईपुग्दा फेरी एक पटक सेमिफाईनल भन्दा माथि उठ्न सकेन् । संकटा क्लबसँग २–० को हारसँगै एपीएफ बाहिरिदा संकटाले भने फाईनल सुरक्षित गर्‍यो ।  

संकटाको संकटमोचन ३३ औं मिनेटमा हुन पुग्यो । नेराज बस्नेतको लामो फ्रिकिकलाई सुवास गुरुङले गोल गर्दै अग्रता दिलाए । उनको पहिलो हाफमा भएको गोल नै निर्णायक हुदाँ एपीएफलाई आहा रारा गोल्डकपबाट बाहिरन नतिजा पर्याप्त रह्यो । पहिलो हाफकै ४१ औं मिनेटमा संकटाले महत्वपूर्ण अवसरलाई गुमायो । सुवास गुरुङले दिएको पासमा एपीएफका गोलकिपर अघि बढिसकेको अवस्थामा ग्लोरे विट गरेपनि गोल गर्नबाट चुके । एपीएफका डिफेन्ण्डर विश्व उदासले क्लियर गरिदिए ।  

खेलको ७३ औं मिनेटमा फोफोनाको लङ एयर बललाई दिपेश आलेमगरले हेड गरे । तर उनको हेडर क्रसबारमाथिबाट बाहिरिन पुग्यो । ८९ औं मिनेटमा डिबक्स लाईन नजिकैपाएको फ्रिकिकलाई संकटाका सुवास गुरुङले बाहिर फाले । खेलको ९० औं मिनेटमा आशिष राईको पासमा ग्लोरीले गोल गर्दै जित सुनिश्चित बनाए । राई दिपेश आलेमगरको स्थानमा मैदान प्रवेश गरेका थिए ।  

सशस्त्र प्रहरी बलले संकटाको पोष्टमा खासै आक्रमणको रणनीति बुन्नै सकेन । संकटाको जब्बर डिफेन्स कटाउन एपीएफलाई निकै सकस परेको थियो । खेलमा म्यान अफ दि म्याच संकटाका अमित तामाङ घोषित भए । बिहीबारको अर्को सेमिफाईनल खेल नेपाल पुलिस क्लबले अफ्रिकन रुट्स एशोसियसनसँग खेल्ने छ ।

प्रकाशित: २५ चैत्र २०७७ १३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App