२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

चैत २५ देखि सुर्य नेपाल वेष्टर्न ओपन गल्फ

कोरोनाको कहरसँगै ढिलै भएपनि पोखरामा सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता हुदैंछ । सुर्य नेपालको मुख्य प्रायोजनमा यही चैत २५ गतेदेखि २८ गतेसम्म सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता हुने छ ।  

सुर्य नेपालकै प्रायोजनमा सेन्टर ओपन सम्पन्न भईसकेको छ । भुवन नगरकोटीले उपाधि आफनो नाममा लेखाईसकेका छन् । नगरकोटीले सिजनको पहिलो उपाधि आफनो नाममा लेखाईसकेपछि पोखरामा आयोजना हुने वेष्टर्न ओपनमा उनको दावेदारी रहने छ ।  

२१ औं सस्करणको उपाधिको लागि नेपालका शीर्ष बरियताका गल्फरको उपस्थिति रहने छ । पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फकोर्षमा तीनदिनसम्म प्रो र शनिबार प्रो–एम प्रतिस्पर्धा हुने नेपाल गल्फ संघका केन्द्रीय सदस्य भूबहादुर(भुवन) गुरुङले जानकारी दिए ।  

वेष्टर्न ओपनको लागि कोर्ष तयारी अवस्थामै छ । केही महिना अघि मात्रै बाह्रखरीले एमेच्योर गल्फ प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताकै लागि हिमालयन गल्फ कोर्षले आवश्यक ग्रिन मर्मत सम्भार गरेको थियो ।  

वेष्टर्न ओपनको लागि कोर्ष तयारी अवस्थामै छ । केही महिना अघि मात्रै बाह्रखरीले एमेच्योर गल्फ प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताकै लागि हिमालयन गल्फ कोर्षले आवश्यक ग्रिन मर्मत सम्भार गरेको थियो । त्यसपछि कोर्ष सदस्यहरु बीच मन्थ्ली मेडल आयोजना गरियो ।  

कोरोना कहरकै बीचमा आयोजना गरिएको प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपिएको थियो । दुईवटा प्रतियोगिताले पनि कोर्षको मर्मत सम्भार गरिएको थियो । पार ७० को कोर्षमा प्रतिस्पर्धा ५४ होलको हुने छ । 

प्रकाशित: १६ चैत्र २०७७ ०८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App