coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

कुस्ती प्रतियोगिताका बिजेताले पाए १७ किलो चाँदीको गदा

१७ किलोको चाँदीको गदा थापालाई दिँदै आयोजक मणि भुषण यादव ।

नेपाली काँग्रेस खेलकुद बिभागले पचरौता नगरपालिकाको बेल्दारीमा आयोजना गरेको खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको बिजेताले सोमबार १७ किलो चाँदीको गदा पाएका छन्।

प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका नवलपरासीका देवा थापालाई १७ किलो चाँदीको गदा उपहार स्वरुप दिएको हो ।

प्रतियोगितामा थापाले सर्वाधिक ७ जना प्रतिद्धण्द्धीहरुलाई पराजित गरेका आयोजक समेत रहेका नेपाली कांग्रेस खेलकुद विभागका केन्द्रीय सदस्य मणिभुषण यादवले बताएका छन्।

थापाले हरियाणाका मुना पहलवान, राजस्थानका कालू पहलवान, पंजाबका विक्की पहलवान लगायतका  जनालाई कुस्ती प्रतियोगितामा भाग लिएकालाई आइतबार र सोमबार पराजित गरि सर्वोत्कृष्ट कुस्तीवाज घोषित भएका यादवले बताए।

थापाले आफु भन्दा शरिरमा ठुला देखिएका कुस्तीवाजहरुलाई सहजै पराजित गरेर कुशल कुस्ती खेलाडीको प्रतिभाग देखाएकै कारणले उनलाई सर्वकृष्ट कुस्ती खेलाडी घोषित गरिएको प्रतियोगिताको रेफ्री समेत रहेका केशव दासले बताए ।

प्रतियोगितामा नेपालको गुंगा पहलवानले दिल्लीका साबिर पहलवान, नेपालको लक्की थापाले पंजाबको सैतान सिंह, दिल्लीका काली पहलवानले गोरखपुरका पवन पहलवान, नेपालको राजेश यादवले आगराका भिम पहलवान, दिल्लीका मन्जित सिंहले महाराष्ट्रका रोहित पहलवानलाई पराजित गरेका दासले बताए ।

प्रतियोगितामा एक सय ५० भन्दा बढी नेपाल र भारतका कुस्ती खेलाडीहरूले कुस्ती गरेर प्रतिद्धण्द्धीहरुलाई पराजित गरेको आयोजनले बताएका छन्।

नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र खेलकुद बिभागका संयोजक मोहन बहादुर बस्नेतले आईतबार उदघाटन गरेको कुस्ती प्रतियोगितामा ३५  जति खर्च भएको आयोजकले बताएका छन्।

प्रकाशित: ३ चैत्र २०७७ ०४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App