२१ वैशाख २०८३ सोमबार
image/svg+xml
खेल

एपीएफ र लुम्बिनी सेमिफाइनलमा

दाङमा शनिबारदेखि जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली सशस्त्र प्रहरी बल सेमिफाईनलमा पुगेका छन्।

लगातार दुई खेलमा पराजित भएका कर्णाली र प्रदेश २ भने प्रतियोगिताबाट बाहिरिएका छन्।  शनिबारदेखि जीत सुरुवात गरेका समुह ए का यि दुबै टोलीले आईतवार पनि जीत दोहोर्याउँदै सेमिफाईनलको यात्रा पक्का गरेका हुन्। आईतवार लमही स्थित देउखुरी क्रिकेट मैदानमा भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्यो। खेलमा कर्णालीले प्रस्तुत गरेको सामान्य ३५ रनको लक्षलाई लुम्बिनी प्रदेशले ३.१ ओभर मै भेट्टाएको थियो। 

आफ्नो लक्ष भेट्टाउने क्रममा लुम्बिनीले एक विकेट गुमाएको थियो।  दोस्रो जीत दिलाउने क्रममा लुम्बिनीका तर्फबाट कप्तान नेरी थापाले ९, सरस्वती घर्ती मगरले ३ र गीता घोसाईले ४ रन को योगदान गरिन्। त्यसअघि हुस्सुका कारण १३ ओभरमा छोट्याईएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ६ विकेट गुमाएर ३४ रन बनाएको थियो। कर्णालीका दिक्षा पुरीले सर्वाधिक ८ रन जोडिन्। यस्तै अन्सु केसी ७ रनमा अविजित रहिन्। यसअघि शनिबार कर्णालीलाई एपिएफले पराजित गरेको थियो।  

बलिङ तर्फ लुम्बिनीका सुस्मिता भुषालले २ तथा सरिता जिसी र गीता घोसाईले १÷१ विकेट लिए। आईतबारको दोस्रो खेलमा एपीएफले प्रदेश २ लाई ८ विकेटले पराजित गर्यो।  प्रदेश २ ले प्रस्तुत गरेको ७३ रनको लक्षलाई एपिएफले १३.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो।  

एपिएफकी ओपनर ज्योती पान्डेले ४० बलमा ४ चौका सहित सर्वाधिक ३० रनको योगदान दिइन्। भने सरिता मगर ६ र इन्दु बर्मा १ रनमा अविजित रहे। त्यस अघिकप्तान सीता राना मगर ३० बल खेल्दै १ चौका सहित १८ रनमा आउट भइन्।  

बलिङतर्फ प्रदेश २ कि कविता गौतम र सरस्वतीकुमारी चौधरीले १–१ विकेट लिए।  त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर ७२ रन बनाएको थियो। बलिङतर्फ एपीएफकी कप्तान सीता राना मगरले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन्। भने रेखा रावल, करुणा भण्डारी, इश्वरी बिष्ट र राजमती ऐरीले १÷१ विकेट लिएका थिए।  अबप्रतियोगिताअन्तर्गत सोमबार पहिलो खेलमाप्रतियोगिताबाट बाहिरी सकेका कर्णाली र प्रदेश २ को बीचप्रतिस्पर्धा हुनेछ। भने दोस्रो खेलमा सेमिफाइनल पुगिसकेका एपएफ र लुुम्बिनी प्रदेशबीच प्रतिष्प्रर्धा हुने छ।

प्रकाशित: १२ पुस २०७७ १२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App